दैलेखमा गाडी दुर्घटना, एकजनाको मृत्यु


दैलेख – दैलेखमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गुराँस गाउँपालिका–४ डबरगैरामा भएको दुर्घटनामा दैलेखको दुल्लू नगरपालिका–१३ मालिका गाउँका २४ वर्षीय महेन्द्र शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

दैलेखबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको गाडी दुर्घटना हुँदा गम्भीर घाइते चालक दुल्लू नगरपालिका–१३ मालिका गाउँकै २४ वर्षीय बीरेन्द्र शाही र त्यही ठाउँका १९ वर्षीय सबिन शाहीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया