सुख्खा पहिरो खसेपछि बिपी राजमार्ग फेरि अवरुद्ध


काठमाडौं – काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा सुख्खा पहिरो खसेपछि बिपी राजमार्ग फेरि अवरुद्ध बनेको छ। शुक्रबार सुख्खा पहिराले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ।

पहिरोले पुरेको सुमोको पछाडिको भाग मात्र देखिएको छ। मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । त्यस्तै सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई रोशी खोलाले बगाएको छ।

उक्त बगाएको बसलाई २० मिटर तल पुर्‍याएको छ। बिपी राजमार्गअन्तर्गत नमोबुद्ध– तेमाल हुदै मंगलटार जाने कच्चि सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बिपी राजमार्गमा पुनः सुख्खा पहिरो झरीरहेको र तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। अहिले सडक विभागसंग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ।

प्रतिक्रिया