टपेन्द्रको घरमा एमाले बरिष्ठ नेता खनाल, नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच के कुरा भयो?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधव नेपाल र झलनाथ खनालले आप्mनो समूहको केन्द्रीय समितिको बैठक अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

नेताद्वय खनाल र नेपालसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा गोप्य भेटवार्ता भएको हो । महादेवस्थानमा रहेको व्यवसायी टपेन्द्र तिमिल्सिनाको निवासमा उनीहरुबीच गोप्य भएको भेटवार्ता करिब एक घण्टा चलेको जनाइएको छ ।

दल छुट्टिए पनि एमाले नेता खनाल र नेपालले निरन्तर प्रचण्डसँग वार्ता जारी राखेका छन्। यसअघि पनि नेपाल र प्रचण्डको भेट भएको थियो। एमालेभित्र असन्तुष्टि र समानान्तर कमिटी गठन चलिरहेका बेला बारम्बार प्रचण्डसँग भइरहेका भेटलाई अर्थपूर्ण मानिएको छ।

यहि कारण पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई सोधेको स्पष्टिकरणमा प्रचण्डसँगको भेट किन? भनेर सोधेका थिए। व्यावसायीको घरमा भएको भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन।

प्रतिक्रिया