
आज रातिदेखि डीभी खुल्दै
काठमाडौं- सन् २०२६ का लागि अमेरिका सरकारले बुधबार डाइभर्सिटी भिसा (डिभी) खोल्ने भएको छ।
अमेरिकी दूतावासले प्रकाशित गरेको सूचनाअनुसार २०२६ डाइभर्सिटी भिसा कार्यक्रम अक्टोबर २, ९:४५ बजे राति (नेपाली समय) खुल्दैछ।
अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको सूचनामा प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन पनि आग्रह गरिएको छ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दूतावासले उल्लेख गरेको छ।
डिभीको आवेदन https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९:४५ बजे (नेपाली समय) देखि नोभेम्बर ५ , राति १०:४५ बजे (नेपाली समय) सम्म बुझाउन सक्ने पनि दूतावासले जानकारी दिएको छ।



कागजपत्र |
