अख्तियारले हाम्राे कार्यालयमा छापा हानेको छैन, समाचार भ्रामक हाे : नागरिक उड्डयन प्राधिकरण


काठमाडाैं- नागरिक उड्डयन प्राधिकरणले आफ्नो सिनामंगलस्थित कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै किसिमको छापा नहानेको प्रष्ट पारेको छ ।

विभिन्न सञ्चार माध्यममा ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा’ शिर्षकको समाचार सम्प्रेषित भएकोमा ध्यानाकर्षण भएको बताउँदै प्राधिकरणले ती सामाचार झुटा भएको बताएको छ ।

‘विभिन्न अनलाइन मिडियाहरुमा प्रकाशित ‘‘नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा’’ शिर्षकको समाचार भ्रामक र असत्य रहेको हुँदा प्राधिकरण सो समाचारहरुको खण्डन गर्दछ’ प्राधिकरणले भनेको छ ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल नागरिक उडड्यन प्राधिकरणमा छापा नमारेको बताएकाे छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्राधिकरणमा छापा मारेको जानकारी नभएको बताए ।

 

 

 

प्रतिक्रिया