

एमाले नेपाल समूहको बैठक कलंकीमा बस्दै, संसदीय दलमा उपस्थित नहुने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले छुट्टाछुट्टै बैठक गर्दै आईरहेका छन् ।
यसैलाई निरन्तरता दिँदै आज (शुक्रबार) पनि एमाले भित्रका नेपाल–खनाल समूहले केन्द्रीय समितिका् बैठक बोलाएको छ । उक्त समूहले अहिले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बोलाएको जनाइएको छ ।
त्यसअघि बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका थिए । नेपाल समूहले ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित नहुने स्रोतले जनाएको छ ।
बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल—नेपाल समूहले बताएको छ।
यसअघि बिहीबार साँझ खनाल–नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका थिए ।

