कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौं — सत्ताकाे प्रमुख साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले जनाए ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।  ‘समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो‚’ खतिवडाले भने ।

प्रतिक्रिया