विपदबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुग्यो, ५५ जना बेपत्ता


काठमाडौं- शुक्रवार र शनिवार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन् ।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् । काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया