एनआरएनएले बाढी पहिराे पीडितका नाममा चन्दा उठाउँदै


काठमाडौं-  अविरल वर्षाका कारण निम्तिएको प्राकृतिक विपत्तीका बेला  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग (चन्दा) उठाउन सुरू गरेकाे छ । डा. बद्री केसी अध्यक्षताको एनआरएनएले आइतबार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र विदेशबाट चन्दा पठाउन आग्रह गरेको हो ।

संघले चन्दा पठाउनका लागि बैंक खातासमेत जानकारी गराएको छ । आर्थिक अपारदर्शीता, दलीय पक्षधरता र आचरणका कारण एनआरएन हाल विभिन्न गुटमा विभाजित छ । भूकम्प र कोरोना महामारी लगायत प्राकृतिक विपत्तीको बहानामा यसअघि उठाएको चन्दा सहयोग दुरुपयोग प्रकरणमा एनआरएन बदनाम छ ।

 

प्रतिक्रिया