झ्याप्लेखोला पहिरो : हालसम्म २७ जनाको शव फेला


काठमाडौं-  धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव फेला परेको छ।

पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको हो । झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो ।

झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको थियो । बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । उनीहरूको शव शनिबार साँझ निकालिएको थियो ।

प्रतिक्रिया