देशभरका ६० सडक अवरुद्ध


काठमाडाैं- दुई दिनसम्मको अविरल झरीले देशभरिका सडकमार्गमा क्षति पुर्‍याएको छ ।

बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख सडकमार्ग अवरुद्ध छन् । त्यसैगरी, देशका पाँच दर्जन सडकमार्गमा अवरोध रहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति राजपथ, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ लगायत प्रमुख सडकमार्ग अवरुद्ध छन् ।

विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । तर बीपी राजमार्ग लगायत विभिन्न मार्गमा सडकखण्ड नै बाढीले बगाएका कारण बनाउन चुनौतीपूर्ण छ ।

काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख मार्ग नागढुंगा सडक अन्तर्गत झ्याप्ले खोलामा पहिरो पन्छाउने काम भइरहेको छ ।

विभागका अनुसार मेची राजमार्ग, मध्यपहाडी राजमार्ग लगायत पनि बाढी र पहिरोले अवरुद्ध छन् । पहिरो पन्छाउँदा केही राजमार्ग सञ्चालनमा आउन सक्ने भए पनि ठूलो क्षति भएका राजमार्ग सञ्चालन गर्न समय लाग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया