बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च( नेप्से) परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा दोहोरो अंकले ओरालो लागेको छ । बुधबार ४१ अंकले उकालो लाग्दै २५७०.३१ को बिन्दुमा पुगेको नेप्से परिसुचक आज २१.२९ अंक अर्थात ०.८३ प्रतिशतले ओरालो लाग्दै २५४८.९६ को बिन्दुमा पुगेको छ । कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ सेन्सेटिभ परिसुचक पनि ५.६४ अंकले ओरालो लाग्दै ४५०.३१ को बिन्दुमा पुगेको हो ।

तीन बजेसम्म आउँदा परिसुचक दोहोरो अंकले ओरालो लाग्दाँ पनि कारोबारका १३ उपसमुहमध्ये ३ उपसमुहको शेयर मुल्य बढेको हो । व्यापार समुह, होटेल समुह र लगानी समुहको शेयरमुल्य बढेको छ भने बाँकी उपसमुहको शेयरमुल्य ओराला लागेको छ ।

आज कारोबारमा आएका २ सय ८ कम्पनीमध्ये ३७ कम्पनीको शेयरमुल्य बढेको छ भने १ सय २९ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यस्तै,कारोबारमा आएका उक्त कम्पनीको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर ७४ हजार ६५८ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५० करोड ८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका उक्त कम्पनीमध्ये निफ्राले ९१ करोड ८ लाख ८० हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

प्रतिक्रिया