लागुऔषध मुद्दामा पक्राउ परेका ढाकाकुमार धरौटीमा छुटे​​​


काठमाडाैं- लागुऔषध बिक्री वितरण तथा ओसारपसारको आरोपमा पक्राउ परेका ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतले बुधबार उनलाई छाड्न आदेश दिएसँगै उनी ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

श्रेष्ठले सञ्चालन गरेको औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो ।

श्रेष्ठलाई कास्की प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया