प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, केही समानुपातिक सांसद ‘कारबाही’को सूचीमा


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले संसदीय दलको बैठक डाकेका छन्। प्रमुख सचेतक विशला भट्टराईका अनुसार ३ बजेका लागि संसदीय दलको बैठक डाकेका हुन्।

स्रोतका अनुसार केही समानुपातिक सांसदलाई कारबाहीको सूचीमा राखिएको छ। यसअघिका संसदीय दलको बैठकमा नआएको, अध्यक्ष तथा संसदीय दलका नेता ओलीविरुद्धका समानान्तर गतिविधिमा सक्रिय रहेकालाई कारबाहीको सूचीमा राखिएको छ।

‘कस्तो कारबाही भन्ने खुलीसकेको छैन। जसरी पार्टीले केही नेतालाई स्पष्टिकरण सोधेको छ, त्यसरी नै पहिलो चरणमा स्पष्टिकरण सोध्ने तयारी भएको हुनुपर्छ’, स्रोतले भन्यो।

अघिल्लो बैठकले संसदीय दलको विधान परिवर्तन गरी कारबाही गर्न सक्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिएको थियो। संशोधित विधानले दिएको अधिकारसहित भोलीको बैठकमा प्रधानमन्त्री ओली प्रस्तुत हुन सक्ने बताइएको छ।

प्रतिक्रिया