नयाँ राहदानी बनाउने साेँचमा हुनुहुन्छ? यस्ताे छ विभागको अनुरोध


काठमाडौं – राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई–पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।

विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।

राहदानी बहाल अवधि नसकिँदै नविकरण गर्नु पर्ने अवस्था नरहेको विभागले जानकारी गराएको छ । यस्तै, विभागले नविकरण नभए नयाँ बनाउनुपर्ने, म्याद सकिएपछि नयाँ बनाउँदा थप दस्तुर नलाग्ने र आवश्यक परेका जुनसुकै समयमा बनाउन सकिने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया