दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया