सिन्धुपाल्चोकमा भारी वर्षा, सतर्क रहन अनुराेध


सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।

जिल्लाको बाहुनेपाटी केन्द्रमा पछिल्लो एक घन्टामा ४३.६ मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

भोताङमा ३४.६, दुवाचौरमा २७, मेलम्ची घ्याङमा २६.४, तार्के घ्याङमा २४ मिलिमिटर वर्षा भएको छ ।

वर्षा हुने क्रम नरोकिएकोले मेलम्ची, इन्द्रावती, भोटेकोसी लगायतका नदीमा जल सतह बढ्ने सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया