कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई


काठमाडौं- उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको जानकारी दिएको छ ।

प्रतिक्रिया