भारतको प्रसिद्ध तिरुपति मन्दिरकाे प्रसादमा जनावरकाे बोसो र माछाको तेल !


काठमाडाैं- विश्व प्रसिद्ध तिरुपति वेंकटेश्वर मन्दिरको प्रसादमा मिसावट भएको पुष्टि भएको छ । परीक्षण रिपोर्टका अनुसार प्रसाद बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल रहेको पुष्टि भएको हाे  ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउँदै विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेको बताएका छन् ।

उनले भने- ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।’

टीडीपीका प्रवक्ताले देखाए प्रयोगशाला रिपोर्ट 

सत्तारूढ़ तेलुगु देशम पार्टी (टीडीपी)का प्रवक्ता अनम वेंकट रमन रेड्डीले पत्रकारहरूलाई  प्रयोगशाला रिपोर्ट देखाए, जसले घ्यू नमूनामा “गाईको मासुको बोसो” रहेको पुष्टि गरेकाे छ । प्रयोगशाला रिपोर्टले नमूनाहरूमा “चुरो” (बंगुरको बोसोसँग सम्बन्धित) र माछाको तेलको मिसिएकाे पनि दाबी गरेको छ। नमूना जुलाई ९, २०२४ मा  संकलनको गरिएकाे  थियो ।  प्रयोगशाला रिपोर्ट भने जुलाई १६ मा आएकाे  थियो।

ल्याब रिपोर्ट आएपछि भाजपा र टीडीपीले पूर्व मुख्यमन्त्री जगनमोहन रेड्डीको आलोचना गरेका छन्। भाजपा नेता बन्दी सञ्जय कुमारले यो ठूलो धोकालाई भगवानले माफ नगर्ने बताएका छन् । लड्डूमा जनावरको बोसो प्रयोग गर्नु तिरुमाला वेंकटेश्वर स्वामीको पूजा गर्ने हिन्दूहरूको आस्था र विश्वासप्रति धोका भएकाे उनले बताए ।

प्रतिक्रिया