संसद भवनअगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ


काठमाडौं-  काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो साढे १ बजेतिर संविधानको विरोध गर्दै संसद भवनको ३ नम्बर गेटमा कालो झण्डा देखाउन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत गौशालामा राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया