१ करोड बढीको लत्ताकपडासहित २ भारतीय नागरिक पक्राउ


मकवानपुर-  मकवानपुरमा १ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ३० वर्षीय जन्दार आलम र सोही स्थानका सहचालक १९ वर्षीय मुना मिया रहेका छन्।

हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित सडकमा सुनसरीबाट हेटौडा हुँदै काठमाडौं जाँदै गरेको बि-आर ०५ जिडि १३ ४३ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा करिब १ करोड ३५ लाख बराबरको लत्ताकपडा बरामद भएको हो ।

बरामद गरिएका सामान, ट्रक र चालक तथा सहचालकलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

प्रतिक्रिया