सुदूरपश्चिममै पहिलोपटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू


कैलाली– सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ ।

बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो  बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ ।

स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए । उनले कार्तिकदेखि पूर्णरुपमा सेवा सञ्चालनमा आउने बताए ।

प्रतिक्रिया