भोलिदेखि खुल्दैछ धरहरा


काठमाडौं-  भूकम्पपछि पुनर्निर्माण भएको धरहरा भोलि (बिहिबार)देखि सञ्चालनमा आउने भएकाे छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ ।

भोलिदेखि सञ्चालनमा आउन लागेको धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन् । शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता विनु बज्राचार्य कुँवरले निःशुल्क रूपमा धरहरा सञ्चालन हुने जानकारी दिइन् ।

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो ।  धरहरा वि‍स. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गरेको इतिहासमा उल्लेख छ ।

त्यस समयमा यसको उचाइ ११ तलाको ६१.८८ मिटर अग्लो थियो । ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरी पुनर्निर्माण गरेका थिए ।

 

प्रतिक्रिया