बझाङको सेतीमा ट्याक्टर दुर्घटना : बेपत्ता चालक मृत भेटिए


बझाङ- बझाङमा ट्याक्टर सेती नदीमा खस्दा बेपत्ता भएका चालक मृत फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका-२ का ट्याक्टर चालक २० वर्षीय सञ्जय बुढाको शव फेला परेकाे प्रहरीले बताएको छ ।

ट्याक्टरमा सवार सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती अझै फेला परेका छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुधबार बिहान बझाङको दुर्गाथली गाउँपालिका-२ झनाना बजार नजिक सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सेती नदीमा खसेको थियो । ट्याक्टरमा सवार तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनीहरुको केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेका र उनीहरु सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडकखण्डमा काम गर्न मजदुरको रुपमा बझाङ आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया