बागलुङ जिप दुर्घटना अपडेट : मृतक तीनैजनाको सनाखत


काठमाडौं- बागलुङमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका तीनैजनाकाे सनाखत भएकाे छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३२ वर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गाेपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष ४३ वर्षीय जसबहादुर श्रीपालीकाे मृत्यु भएकाे हाे ।

आज(शुक्रबार) बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी जिप बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

घटनास्थलबाट चालक प्रेमबहादुर पुनकाे जीवितै उद्धार गरिएको छ। उनीकाे धौलागिरि अस्पतालमा उपचारका भइरहेकाे छ । प्रजिअ सुवेदीका अनुसार उनीलाई भर्खरै होस आएको छ ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया