५० सहसचिव सरुवाको तयारी


काठमाडौ – सरकारले एकैसाथ झण्डै ५० सहसचिवको सरुवा गर्ने तयारी गरेको छ ।

बिहीबारको मन्त्रिपरिषदमा सहसचिवको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवाबारे छलफल हुनेछ ।

गत ३१ साउनमा सरकारले एकसाथ ५९ सहसचिवहरुको सरुवा गरेको थियो । तर, सो लटमा धेरैजसो नियमित सरुवा हुनपर्ने भएपनि छुटेका सहसचिवहरु यसपटक सरुवाको सूचीमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको राय सुझाव लिएर प्रस्तावित सूची तयार गरेको छ । यसअघि ३१ साउनमा ५९ जना सहसचिव सरुवा गर्दा असन्तुष्ट रहेका केही सहसचिवहरु समेत यसपटक सरुवा हुनेछन् ।

 

प्रतिक्रिया