१२ को नतिजा बिग्रेपछि तनावमा थिइन् टिकटकर देउवा


काठमाडाैं- हिजाे (बुधबार) डडेल्धुरामा मृत भेटिएकी टिकटकर विमला देउवाले यसअघि पनि आत्महत्याकाे प्रयास गरेकाे खुलेकाे छ । हिजाे साँझ गन्यापधुरा गाउँपालिका–३  की २१  वर्षाीया देउवा आफ्नै घरमा  मृत फेला परेकी थिइन् ।

वडाअध्यक्ष चक्र देउवाका अनुसार जिल्ला सदरमुकामको महेन्द्र माविमा अध्यनरत विमला कक्षा १२ नजिता बिग्रेपछि तनावमा थिइन् । `परिवारका सदस्यले दिएको जानकारीअनुसार नजिता बिग्रेपछि विमला तनावमा थिइन्,´ उनले भने, `एकपटक केही दिनअगाडि पनि आत्महत्याको प्रयास गरेपछि आमाले रोकेकी थिइन् भन्ने जानकारी आएको छ । तर, बुधबार आमा र भाउजू बाहिर भएको समयमा उनले आत्महत्या गरेकी छिन् ।´

विमलाको मंसिरमा विवाह गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएकाे छ । मृत फेला परेको झण्डै एक घण्टाअघि उनले सामाजिक सञ्जाल फेसबुकमा आमा सम्बन्धीको स्टोरी राखेकी छिन् ।

उनको टिकटकमा दुई लाख २४ हजार फ्लोअर्स छन् । विमलाका बुबाको पनि तीन महिनाअघि २६ जेठमा मृत्यु भएको थियो । उनी प्रेसरका बिरामी थिए ।

प्रतिक्रिया