श्रीमती माइत गएको गयै गर्ने भन्दै सीके राउतले मागे ‘डिभोर्स’


काठमाडाैं- जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले  भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा  मुद्दा दायर गरेका हुन् ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले श्रीमती घरमा नबस्ने, भारतमा रहेकाे माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको लगायतका विषयहरू उल्लेख गरेका छन् ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई आफूसँगै राख्न राउतले माग गरेका छन्।

प्रतिक्रिया