रास्वपाले बोलायो सचिवालय बैठक


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ ।

उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी सत्ता गठबन्धनमा रहेका दलहरुले गरेपछि रास्वपाले बैठक आह्वान गरेको हो ।

सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक आह्वान भएको प्रवक्ता मनिष झाले बताए ।

बैठक अहिले विहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

प्रतिक्रिया