यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


काठमाडौँ – सरकारले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूत र फिजी, न्यूजिल्याण्ड, पपुआ न्यूगिनी, भानाआटु, टुभालु, सोलोमन, आइल्याण्ड, सामोला, नाउरु, आइसल्याण्डको गैर आवासीय राजदूत पदमा समेत चार बर्षका लागि नियुक्तीका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

गुरुङले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन गरि कूल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताए । बैठकले अर्थमन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने भूउपयोग दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै बैठकले राष्ट्रिय युवा परिषद्मा १५ जना र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण बिकास समितिमा चार राजपत्राकिंत पाकाहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरू:

प्रतिक्रिया