

संसद भवनभित्रै प्रहरीले यसरी कुटे विधायक, कांग्रेसको आपत्ति (भिडिओ)

काठमाडौं– सरकारले ल्याएको कानुनको विरोध गर्दै सभामुखलाई घेरेका विहार विधान सभाका विपक्षी दलका विधायकलाई संसदभित्रै प्रहरीले कुटपिट गरेका छन्।
सरकारले ल्याएको नयाँ कानुनको विरोध गर्दा सांसदलाई कुटपिट गर्दै प्रहरीले संसद बाहिर निकालेको द हिन्दुले जनाएको छ।
जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण विवाद आएको थियो। नयाँ विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिन्छ।
यो घटनासँगै भारतको प्रमुख विपक्षी दल काँग्रेस आइका पूर्व अध्यक्ष राहुल गान्धीले नितेश कुमारको सरकारले बिहारमा लज्जास्पद कार्य गरेको र उनी भारतीय जनता पार्टीको पन्जामा रहेको आरोप लगाए। एजेन्सी
भिडिओ
क्या देश के इतिहास में किसी विधान सभा में यह शर्मनाक मंजर भी घटित हुआ है?
क्या विधायकों को विधानसभा में थप्पड़-घूसों से जानवरों की तरह पिटवाना संसदीय परम्परा है?
क्या यही जद(यू)-भाजपा का असली चेहरा है?
देखें, कांग्रेस MLA, श्री संतोष मिश्रा से जानवरों से बुरा वर्ताव👇#Bihar pic.twitter.com/AE39MjmX0q
— Randeep Singh Surjewala (@rssurjewala) March 24, 2021

