डिभोर्सको नक्कली कागज बनाएका कांग्रेस सांसद कारागार चलान


दाङ- कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् ।

सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।

उनी रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया