अर्थमन्त्री र गभर्नरसँग सहकारी छानबिन संसदीय समितिले गर्र्यो छलफल
काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गरेको छ ।
समितिले आज सिंहदरबारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो ।
उनीहरुसँगको छलफलमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको पनि सहभागिता रहेको थियो ।
यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।
सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो ।