काठमाडौं र ललितपुरका ६० जनामा हैजा


काठमाडौं- बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौंमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले गर्मी तथा वर्षायाममा विशेष गरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलिने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । झाडापखाला, हैजा जस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन, स्वच्छ पानी तथा खाना खान, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै पटक पटक गरी खुवाइरहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिम रहेको डा भुषालको भनाइ छ ।

प्रतिक्रिया