आइजिपीलाई ‘अपशब्द बोलेको भन्दै सञ्चारमन्त्री गुरूङलाई बर्खास्त गर्न कांग्रेस सांसदको माग


काठमाडौं- कांग्रेस सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।  मन्त्री गुरूङले प्रहरी संगठनका प्रमुख (आइजिपी) लाई ‘अपशब्द’ बोलेको भन्दै भण्डारीले बर्खास्त गर्न विज्ञप्तिमार्फत् माग गरेका हुन् ।

‘देशको सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले भनेका छन् ।

गुरुङले प्रहरी समायोजन गर्ने विषयमा प्रहरी महानिरीक्षकले अवरोध गरेको भन्दै ‘जिब्रो थुत्नुपर्ने’ भनी अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया