सार्वजनिक विदामा पनि ओपीडी सञ्चालन गर्न सरकारी अस्पताललाई निर्देशन


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आज (सोमबार) सबै सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले विदाको दिनमा पनि सबै प्रकारका सेवा प्रवाह गर्न भनेको हो ।

गत भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक विदाको दिनमा पनि अस्पतालहरुले सबै प्रकारको सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

 

प्रतिक्रिया