कांग्रेस सभापति देउवाले गरे कानुन विभागमा १० सदस्य मनोनित


काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनित गरेका हुन् ।

सदस्यमा मनोनित हुनेमा शिवराज पाण्डे-कञ्चनपुर, कलमबहादुर खत्री-सुर्खेत, दिपकराज गौतम- दाङ, ध्रुव श्रेष्ठ- सुर्खेत, दुर्गाबहादुर सुनार- कास्की, रामचन्द्र गौतम- रूकुम पश्चिम,  खिल गिरी-धादिङ, मन्दिरा शर्मा-काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण- धनुषा र शोभा घिमिरे- संखुवासभा रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

May be an illustration of map and text

प्रतिक्रिया