राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय सदनको दुवै बैठकबाट पारित भएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्।