
पट्टा भाँचिदा बाँकेमा बस दुर्घटना, दुईजनाको मृत्यु, २५ घाइते
बाँके- दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा दुर्घटना भएको छ ।
बिहीबार कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
घटनामा अन्य २५ जना घाइते भएका छन् । घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा र पाँचजनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चालकले पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटनामा परेको बयान प्रहरीलाई दिएका छन् ।



कागजपत्र |
