
हवाई सुरक्षाको नियम पालना नगर्दा दुर्घटना बढ्यो : महानिर्देशक अधिकारी
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरूले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षासम्बन्धी कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले सेयर होल्डर पाइलटहरुले नियम पालना नगर्दा हवाई दुर्घटना बढेको बताएका हुन् ।
उनले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे । उनले नेपालका पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियमभन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको जिकिर गरे ।
महानिर्देशक अधिकारीले नेपाली पाइलटहरूले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गरे । उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवी पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको बताए ।
उनले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जङ्गलमा ठोकिएर भएको बताए । उनले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भए पनि पाइलटहरूले पालना नगरेको धारणा औँल्याए ।
उनले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरूको हवाई दुर्घटनामा मृत्यु भएको बताए । उनले जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गरे । उनले हवाई सञ्चालकहरू पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले सेयर होल्डरले उडान नगरभन्दा रेगुलेटरविरुद्ध सर्वोच्च पुगेकाले ठुलो क्षति हुन पुगेको दाबी गरे ।
उनले पछिल्लो दुई वर्षमा धेरै सेयर होल्डर पाइलटहरू हेलिकोप्टर दुर्घटना भएर मृत्यु भएको भन्दै यसको जिम्मा कसले लिने ? भन्दै सञ्चालकहरूलाई प्रश्न गरे । उनले सेयर होल्डरले हेलिकोप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति सेयर होल्डर पाइलटहरू दुर्घटनामा परेकाले सञ्चालकहरूले सोच्न आवश्यक रहेको बताए ।
उनले लगानीकर्ताले हेलिकोप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरू तयार हुन आवश्यक रहेको जिकिर गरेका छन् ।



कागजपत्र |
