आर्थिक चलखेल गरी प्रहरीको सामान खरिदमा बस्नेतको एकलौटी, नापतौल विभागसमेत प्रभावमा


काठमाडौं – प्रहरीको लत्ताकपडा तथा जुत्ता खरिदका लागि ठेकेदारहरुले ठूलो चलखेल गर्न थालेका छन् । आर्थिक वर्ष २०८१/२०८२ का लागि खरिद गरिने सामग्रीका लागि अस्वाभाविक चलखेल सुरु भएको हो ।

प्रहरी प्रधान कार्यालयले हरेक आर्थिक वर्ष प्रहरी कर्मचारीका लागि आवश्यक चुस्तादेखि ट्याकसुट तथा जुत्ता र अन्य सामाग्री खरिदका लागि सार्वजनिक टेन्डर आह्वान गर्ने गरेको छ । सोही टेन्डर हात पार्न ठेकेदारहरु सक्रिय छन् ।

लामो समयदेखि प्रहरी र सशस्त्र प्रहरीको ठेक्का हात पार्दै आएका जय सलिना इन्टरप्राइजेजका सञ्चालक ज्ञानेन्द्र बस्नेत अधिकांश टेन्डर हात पार्ने ठेकेदारका रुपमा पर्छन् ।

यसपालि पनि ठेक्का आफैँ हात पार्न प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुवँरदेखि प्रवन्ध शाखाका प्रमुम एसपी गोविन्द पुरी र प्रबन्धकै प्रहरी निरीक्षक रुद्र गिरीलाईसमेत प्रभावमा पारेर यसपालिको ठेक्का हातपार्न सबैभन्दा बढी दौडधुपमा लागेका छन् । यसपालि प्रहरी प्रधान कार्यालयले सार्वजनिक आह्वान गरेको २२ टेन्डरमध्ये १७ वटामा बस्नेत आँफैले गर्न खोजेको प्रहरी अधिकारी नै बताउँछन् ।

प्रहरी प्रसाशन स्रोतका अनुसार अधिकांश टेन्डर हात पार्न बस्नेतले बोलपत्र आह्वान हुनुपूर्व नै प्रहरी अधिकारीलाई प्रभावमा पारेर आफूले मात्रै गर्नसक्ने वा चाहे बमोजिमको ‘रिक्वारमेन्ट’ राख्न लगाउनेदेखि सार्वजनिक गरिएका कतिपय बोल पत्रहरु नै परिमार्जन गर्न लगाउने गरेका छन् ।

त्यो बोहक नापतौल विभागका कर्मचारीहरुलाई समेत प्रभावमा पारेर अन्य व्यावसायीहरुले पेस गरेका नमूनाहरु फेल गर्न लगाएर ठेक्का आँफैले हात पार्दै आएका छन् ।

यसअघि आर्थिक वर्ष २०८०/२०८१ मा प्रहरी कर्मचारीका लागि आवश्यक बुट खरिदाका लागि फुटवेयरको काम गरेको अनुभव भएको हुनुपर्ने उल्लेख गरिएको थियो । त्यो बेला समेत बस्नेतले नै ठेक्का हात पारेका थिए ।

यसपालि समेत उक्त ठेक्का आँफैले हात पार्न आर्थिक वर्ष २०८१/२०८२ का लागि आवस्य बुट खरिद गर्दा टेन्डर आह्वान गर्दा लेदर फुटवेयरको काम गरेको अनुभव राख्न लगाएर फेरि पनि बुटको ठेक्का आफैँ हात पार्न खोजेको प्रहरी अधिकारी नै बताउँछन् ।

उनी भन्छन, ‘अब तपाई आफैँ सोच्नु न लेदरको काम पहिलो वर्ष बस्नेतले नै गरेको थियो । योपालि लेदरकै काम गरेको अनुभव भनेर टेन्डर खोल्दा मापदण्ड राख्यो । अनि अरु कसले पाउँछ ।’

बुट खरिद गर्दा फुटवेयरको काम गरेको अनुभव भए पुग्ने ठाउँमा लेदर शब्द राख्न बस्नेतले नै लगाएका हुन् । प्रहरी अधिकारीलाई प्रभावमा पारेर उनले वर्षैदेखि ठेक्काहात पार्दै आएका छन् । नयाँलाई प्रवेश गर्न नै दिँदैनन् ।

नापतौल विभागका सहसचिव किरण सुवेदीलाई समेत आफूल चाहे बमोजिमको काम लगाउँन ठूलो आर्थिक प्रभावमा पारेको प्रहरी अधिकारी नै बताउँछन् ।

उसो त बस्नेत आफैँ पनि प्रहरीबाट जागिर छोडेका व्यक्ति हुन् । प्रहरी जवान भर्ना भएका बस्नेत पछि असईमा नाम निकालेर सईबाट छाडेका थिए ।

केही महिना अघि सशस्त्र प्रहरी बलको गोदामका आगदागी हुँदा जलेको सामग्री समेत बस्नेतकै ल्याएका थिए । उक्त सामानको गुणस्तर फेल हुने भएपछि उनकै चलखेलमा आगो लगाउन लगाएको आरोप समेत उनीमाथि छ ।

सशस्त्र प्रहरीको आन्तरिक छानविनका क्रममा कर्मचारीको कमजोरी पाईएपछि एकजना एसपीसहित एक दर्जन कर्मचारीलाई कारबाहीसमेत गरेको छ ।

प्रतिक्रिया