जंगली बँदेल मारेको अभियोगमा पूर्व डिआइजीसहित १० जना पक्राउ


सप्तरी- सप्तरीमा जंगली  बँदेल मारेको अभियोगमा प्रहरीले पूर्वडिआइजीसहित १० जनालाई नियन्त्रणमा लिएको छ । बुधबार राति पूर्वडिआइजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा बँदेल मारेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको स्रोतले बताएकाे छ ।

प्रहरीले  उनीहरू सवार स्कार्पियो गाडीमा ‘पोइन्ट टुटु’ क्यालिबर राइफल फेला पारेको बताइएकाे छ ।  उक्त राइफल लाइसेन्स प्राप्त हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरू फेला परेको एक किलोमिटर टाढा बँदेल राखिएको एउटा बेवारिसे ट्याक्टर पनि फेला पारेको थियो ।

 

 

 

 

प्रतिक्रिया