गौरा पर्वलाई विश्वव्यापीरुपमा फैलाउनुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनु आवश्यक रहेको बताएका छन् ।

सोमबार गौरा पर्वको अवसरमा  प्रशंसा संरक्षण समूहले काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संस्कृतिको जगेर्ना गर्न सकिए मात्रै भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको मौलिक पर्व गौरा मानव सभ्यतासँग जोडिएको भन्दै यसलाई विश्वव्यापीरुपमा विस्तार गर्नुपर्ने बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ। यस पर्वलाई विश्वव्यापीरुपमा फैलाउनुपर्छ। यसका जराहरू इतिहाससँग जोडिएका छन् ‘ उनले भने ।

सुदूरपश्चिम नेपालको सभ्यता र संस्कृतिको केन्द्र भएको बताउँदै प्रधानमन्त्री ओलीले यसको आफ्नै गौरवपूर्ण इतिहास रहेको बताए। सहिद दशरथ चन्दकाे जन्मभूमि र कर्म भूमि भएको ठाउँ हो। उहाँहरूका बाजेहरूका पालादेखि संघर्षको इतिहास छ। यसैगरी भीमदत्त पन्तको भूमि हो । यो भूमि सभ्यता र संस्कृतिको हिसाबले अत्यन्त सम्पन्न छ। यसको सम्पन्नतालाई एकताबद्ध भएर अगाडि बढाऔं ‘ उनले भने ।

 

प्रतिक्रिया