सुर्खेतबाट नारायणगढ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ घाइते, ३ को अवस्था गम्भीर


रूपन्देही – सुर्खेतबाट नारायणघाटतर्फ आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ मा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस दुर्घटना भएको हो ।

मोटरसाइकललाई बचाउने क्रममा सो बस पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक ववलीले बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया