भारतको बिहारमा नेपाली तीर्थयात्री बाेकेकाे बस दुर्घटना, ४३ जना थिए सवार


काठमाडौं-  भारतकाे बिहारस्थित समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको बताइएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार घाइतेमध्ये एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । घाइतेहरु नेपालको बारा जिल्ला निवासी भएकाे बताइएकाे छ ।  उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया