जनताले रुचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउनु हुदैन् : उपप्रधानमन्त्री सिंह


काठमाडौँ – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले रुचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन् ।

काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गमनको बहसको सन्दर्भमा आज ललितपुरमा सञ्चारकर्मीको प्रश्नमा सिंहले सो कुरा बताएका हुन्।

‘अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ । काँग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदाताले चाहेसम्म हुने हो’ उनले भने, ‘जनताले रुचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नि । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो ।’

काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वाभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नीतिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो ।

नेपाली काँग्रेसका नेता समेत रहेका उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।

त्यस्तै फरक सन्दर्भमा उनले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि सिंहले बताए ।

प्रतिक्रिया