छविपछि बयान दिन पुगे रवि


काठमाडाैं- रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीबारे बयान दिन सहकारी ठगी छानबिन विशेष संसदीय समितिमा पुगेका छन् ।  उनी अपराह्न ४ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा पुगेका हुन् ।

संसदीय समितिले उनीसँग गोरखा मिडिया प्रालिको एमडी हुँदा विभिन्न सरकारीहरूसँग भएको कारोबारबारे बयान लिन लागेको हो । आजै समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको छ ।

लामिछाने एमडी रहेको बेला सो कम्पनीले अवैध रूपमा सहकारीबाट ऋण लिएको छ भने लामिछाने स्वयम्ले पनि सहकारीबाट ऋण लिएको पाइएको छ । उनले सहकारीको सदस्य नहुँदै ऋण लिएको पाइएको छ ।

प्रतिक्रिया