
फेक अडियो प्रकरण: अभियुक्त राजकुमार तिमल्सिना पक्राउ
काठमाडौं – ‘सिधा कुरा’ले प्रसारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको हो ।
तिमल्सिनाले बनाएको अडियोलाई ‘सिधा कुरा’ अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको थियो । जसमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो ।
सर्वोच्चकै आदेशमा ‘सिधा कुरा’मा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भएको थियो । ‘सिधा कुरा’ मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा भोलि फैसला हुने तय भएको छ ।



कागजपत्र |
