

नेकपा भङ्ग गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौँ – मङ्गलवार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा भङ्ग गर्ने सर्वोच्चको फैसलाविरुद्ध अदालत जाने निर्णय गरेको छ ।
स्थायी कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार सर्वोच्चको फैसलाविरुद्ध यही साता अदालत जाने निर्णय भएको हो ।
कानुन व्यवसायीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाएका छन् ।
गत फागुन २३ गते सर्वोच्चले नेकपाको एकता भङ्ग गरी एमाले र माओवाली केन्द्रलाई विभाजित गरिदिएको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त फैसला राजनीतिक भएको भन्दै फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

