

दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने, प्रक्रिया सुरु

इलाम – भारतीय जेलबाट ४० वर्षपछि छुटेर तीन दिन अघि घर फर्किन सफल इलामको माइ नगरपालिका १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) को उपचार प्रदेश १ सरकारले गर्ने प्रतिबद्धता जनाएको छ ।
तिम्सिना परिवारले दुर्गाको पहिलो सर्त उपचार भएको बताइरहेका बेला प्रदेश १ सरकारको त्यस्तो प्रतिबद्धता आएको हो ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले तिम्सिनाको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने बताए ।
हिजोमात्रै दुर्गाका भाइ धिरेन्द्र शर्मा र बुहारी लक्ष्मी न्यौपानेले दाजुको उपचार पहिलो शर्त भएको बताएका थिए।

